Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एड्मण्ड सिटि अस्पतालले भूपू सैनिक र उनका परिवारलाई निःशुल्क उपचार गर्ने

16

लोकनाथ शर्मा लुइटेल, भदौ ५ । एड्मण्ड सिटि अस्पतालले भूपू सैनिक र उनीहरुका परिवारलाई निःशुल्क उपचार गर्नेभएको छ । भारतीय सेनाबाट अवकास प्राप्त ECHS कार्ड होल्डर भूपू सैनिक र उनीहरुका परिबारलाई अब बुटवल–१३ मा सञ्चालित एड्मण्ड सिटि अस्पतालले निशुल्क उपचार गर्ने भएको छ । भारतीय सेनामा कार्यरत सैनिकहरु पेन्सन आउँदा स्वास्थ्य बीमा जस्तै ECHS (Ex-Servicemen Contributory Health Scheme) को लागि आफ्नो पद अनुसारको रकम जम्मा गरिएको हुन्छ । पेन्सन पछि नेपालका धेरै अस्पतालहरुले निःशुल्क उपचार गरिरहेका छन् । एड्मण्ड सिटि अस्पतालले पनि यही भदौ ५ गतेदेखि भूपू सैनिक र उनका परिवारलाई निःशुल्क उपचार सुरु गरेको छ ।

बुटवल भूपूहरुको बाक्लो बस्ति भएको सिटिहो यहाँ बाहिरबाट पनि उपचारको लागि आउने हुनाले पाल्पा र भैरहवाको मेडिकल कलेजले मात्र थेग्न गाह्रो भैरहेको र फूलबारी पोलिक्लिनिकदेखि रिफरल लिएर जाँदा अलिक झन्झटिलो भएको हुँदा भूपू सैनिकको मागलाई मध्यनजर गर्दै भारत सरकारले अब बुटवलकै एडमण्ड सिटि अस्पतालमा भूपू सैनिकको निशुल्क उपचार गर्ने अनुमति पाएपछि यहाँका भूपू सैनिकहरुको लागि निकै खुसिको माहोल बनेको कुरा पूर्व सेक्रेटरी सु. मे. प्रताप जिसीले बताएका छन् ।

भूपू सैनिकको अथक प्रयास र भारत सरकारको दायित्व अन्तर्गत संचालनमा आएको स्वास्थ्य सेवाबाट हजारौं भूपू सैनिक एवम् उहाँहरुको परिबार लाभान्वित हुने भएका छन् । यस अस्पतालमा उपचार गराउन जानु अघि बुटवल फूलबारी पेन्सन क्याम्पमा रहेको पोलिक्लिनिकदेखि रिफरल लिएर जानुपर्ने हुन्छ । अनुमति पत्रमा देखाइए बमोजिमको उपचार हुने अस्पातलका प्रबन्धकले बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर