Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एनसेललाई ऋण उपलब्ध गराएका बैंकहरुको २० अर्ब जोखिममा

19

 

 

एनसेलमा लगानी गरेका नेपाली बैंकहरूको करिब २० अर्ब रुपैयाँ जोखिममा रहेको छ ।नेपालमा सञ्चालित बैंकहरूले मलेसियन एक्जियटाको मुख्य लगानी रहेको एनसेल एक्जियटा लिमिटेड नामक दुर सञ्चार कम्पनीलाई आर्थिक वर्ष २०७८/०७९ को मसान्तसम्ममा कूल २० अर्ब ६७ करोड ५६ लाख ३७ हजार आठ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।

एनसेलले नेपालमा रहेका करिब आधा दर्जन बैंकबाट बिनाधितो २० अर्बभन्दा बढी ऋण लिएको पाइएको छ। गत आवमा पनि एनसेलले करिब दुई अर्ब ऋण थप लिएको थियो । लाईसेन्स अवधि सकिनै लाग्दा एनसेलले ऋणको मात्रा बढाउँदै लगेको छ । जसबाट नेपाली बैंकहरूको २० अर्बभन्दा बढी रकम जोखिममा परेको  हो । एनसेललाई बिनाधितो ऋण दिएको स्वीकार गरेका छन् । अधिकांश बैंकहरूले उपकरण खरिदको बिल आदिलाई विश्वास गरेर ऋण दिएको पाइएको छ ।

दुरसञ्चार उपकरणहरू महिना दिन बन्द भएमा त्यसको मूल्य  लगभग शून्यमा झर्ने नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । हाल बन्द भएको स्मार्ट सेलले सबै उपकरण बन्द गरेर हस्तान्तरण गरेको  सबै उपकरण काम नलाग्ने अवस्थामा पुगेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । स्मार्टसेल जस्तै आर्थिक संकटमा परेर एनसेल महिनादिन बन्द भएमा लेखापरिक्षणमा देखाइएको करिब २० अर्बको उपकरणको मूल्य लगभग शून्य हुनेछ । सोही कारण एनसेलमा लगानी गरेका बैंकहरूको अर्बौको लगानी जोखिममा परेको हो ।

एनसेलले करेन्ट कन्सोर्टियम टर्म लोन तीन अर्ब १० करोड रुपैयाँ लिएका छ । त्यस्तै, चालु पुँजि कर्जा बापत दुई अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । त्यस्तै, नन करेन्ट कन्सोर्टियम टर्म लोन १५ अर्ब २२ करोड ५० लाख रुपैयाँ बैंकहरूबाट २०७९ असार मसान्तसम्म ऋण लिएको लेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।

रोचक तथ्य के छ भने एनसेलको लाइसेन्सको अवधिभन्दा बढी समयका ऋण एक अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको लेखापरिक्षण प्रतिवेदनमा देखिएको छ । जम्मा १० करोड चुक्ता पुँजि भएको एनसेलसँग १५ अर्ब ९५ करोड ४० लाख ९२ हजार ९१९ रुपैयाँ मात्रै नगद वा नगदमा रुपान्तरण हुनसक्ने वस्तुहरू मौज्दात रहेको देखिएको छ । राज्यलाई तिर्नुपर्ने ठूलो कर, अन्य कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने २६ अर्ब दायित्व र बैंकको ऋण समेत एनसेलले ४६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने कूल दायित्व लेखा परीक्षण प्रतिवेदनमा देखिएको छ ।

एकातिर एनसेलको दायित्व बढ्दै जानु, अर्कोतिर ठूलो मात्रामा बैंक ऋण हुनु, एनसेलको नेपालमा घरजग्गा धितो नहुनु, दुरसञ्चार उपकरणहरू महिनादिनमै शून्य भ्यालुमा आउन सक्ने स्मार्टसेलको तथ्यले देखाउनुले नेपाली बैंकहरूले एनसेलमा गरेको लगानी जोखिमयुक्त हुन पुगेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर