Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एपिएफको लगातार दोस्रो जित

17

काठमाडौँ – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बागमती प्रदेशलाई  ८ विकेटले पराजित गरेको हो ।

बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि ओपनर ममता चौधरीले ३२ बलमा ५ चौका प्रहर गर्दै ३५ रनमा अविजित रहिन् । यस्तै इन्दु वर्माले १२ बलमा ३ चौका सहित १७ रन जोडिन् । कप्तान सिता राना मगरले ११ र राजमती ऐरीले १० रन बनाइन् ।

बागमतीका लागि खुशी डंगोलले एक विकेट लिइन् । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७३ रन मात्र बनाउन सक्यो । 

बागमतीका लागि हेलिशा गुरुङले ५० बलमा ३ चौका सहित सर्वाधिक ३१ रन बनाइन् । खुशी डंगोलले २२ बलमा १४ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अंक समेत पुर्याउन सकेनन् ।

एपिएफका लागि करुणा भण्डारी एक्लैले ४ ओभर बलिङ गर्दै १० रन दिएर ४ विकेट लिइन् । यस्तै कप्तान सिता राना मगरले ४ ओभरमा ७ रन दिएर २ विकेट लिइन् ।      

एपिएफले हिजो भएको पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो । वर्षाका कारण ढिलो सुरु भएर ५ ओभरमा घटाइएको खेलमा एपिएफले २४ रनको जित दर्ता गर्दै विजयी सुरुवात गरेको थियो । 

प्रतियोगितामा आजको दोस्रो खेलमा दिनको १:३० बजे हुने खेलमा सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशको सामना गर्नेछ । 

प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुनेछ भने शीर्ष २ टोलीले उपाधिको लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर