Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि

17

 

 

काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ ।

अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

अधिवेशनका लागि एक हजार २७ प्रतिनिधि छनोट भएका छन् । प्रदेशको नेतृत्वका लागि सकेसम्म सहमतिको प्रयास गरिने मधेस प्रदेशको पार्टी स्रोतले  जानकारी दिएको  छ।

“नेता कार्यकर्ताको उचित मूल्यांकन हुन्छ । विधानसम्मत ढंगले प्रतिस्पर्धामा आउन छुट छ, प्रतिस्पर्धाका लागि नेतृत्वमा आउन चाहनेहरुबीच सहमतिका लागि कोसिस गर्छौं ।”  मधेस प्रदेशको इन्चार्ज समेत रहेका पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर