Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित

20

 

नेकपा एमालेको गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् ।

सोमबार राति भएको अन्तिम मतगणनाको नतिजा अनुसार शर्माले ५३१ र मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए । शर्मालाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले समर्थन गरेका थिए ।

उपाध्यक्षमा मीनबहादुर गुरुङ ५३४ मत ल्याएर विजयी भएका छन् । उनले बाबुराम विश्वकर्मालाई १७२ मतले पराजित गरेका हुन् । यसैबीच सचिवमा धनञ्जय दवाडी पुनः निर्वाचित भएका छन् । उनले ५२० मत प्राप्त गरे भने रश्मि आचार्यले ३ सय ७६ मत प्राप्त गरे ।

उपसचिवमा दमबहादुर विश्वकर्मा ४९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सन्तोष रावलले ३ सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपसचिव (महिला)मा मञ्जु अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ५३१ र मीना गुरुङले ३६५ मत प्राप्त गरे ।

एमाले गण्डकी प्रदेश कमिटीको अधिवेशनमा कुल ९०७ योग्य मतदातामध्ये ८९६ जनाले मतदान गरेका थिए । निर्वाचनमा ३३ मतदान मेसिनको प्रयोग गरिएको थियो ।

१६५ पदका लागि कुल २७७ उम्मेदवारले उम्मेदवारी दिएका थिए । तीमध्ये ३१ जना भने सोमबारअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर