Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

एसियाली पारा गेम्समा नेपाललाई पहिलो पदक

14

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चीनको हाङ्जाओमा सम्पन्न एसियन पारा गेम्स २०२२ मा कास्य पदक जितेकी छन् । उनी एसियाली पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

पलेशाले पहिलो खेलमा चीनकी याङ लिटिङलाई १४–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । उनी सेमिफाइनलमा काजाकिस्तानकी कामिल्या दोसामलोभासँग १६–१० ले पराजित भएकी थिइन् ।

उनले प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा एसियाली पारा गेम्समा भाग लिएकी हुन् । उनी हाल चीनमा अध्ययनरत छिन् ।

पलेशाले पछिल्लो टोकियो पारा ओलम्पिकमा पनि भाग लिएकी थिइन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर