Sat2024 July 27
२०८१ साउन १२, शनिबार

एसियाली युरोपेली राजनीतिक शिखर सम्मेलन काठमाडौंमा सुरु

17

इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी) को ४०औँ स्थायी समिति बैठक र एसिया युरोप पोलिटिकल फोरमको पाँचौं वार्षिक बैठक आजदेखि काठमाडौंमा हुँदैछ ।

असोज १५ गतेसम्म चल्ने बैठकमा एसियाली र युरोपेली राजनीतिक दलका नेता तथा विज्ञहरूले दुवै महादेशको साझा भविष्यका समसामयिक विषयमा छलफल गर्ने फोरमका सहअध्यक्ष तथा स्थायी समिति सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

सम्मेलनमा चीन, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत विभिन्न मुलुकका २६ राजनीतिक दलका मन्त्री, सांसद र नेतासहित ५० भन्दा बढी व्यक्तिको सहभागिता रहनेछ । ।

नेकपा (एमाले) परराष्ट्र विभाग प्रमुख समेत रहेका डा भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको र विभिन्न सहभागी दल र देशका प्रतिनिधिहरु पनि आइपुगेको बताए ।

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ गते बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्ने भएका छन् ।बैठक काठमाडौंको गोकर्णमा आयोजना हुनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर