Sat2024 July 27
२०८१ साउन १२, शनिबार

ऐतिहासिक किचकबध मेला

44

झापा ।आज ऐतिहासिक किचकबध मेला, महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध मेला हरेक वर्ष माघे शुल्क पूर्णिमा स्वस्थानी व्रत समाप्तीका दिन मेला लाग्दै आएको छ ।

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलमा लाग्ने मेलाको तयारी पूरा भइसकेको किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सहसचिव तथा मेला आयोजक समितिका संयोजक गुणहरि ढुङ्गानाले जानकारी दिए ।

किचकबधको धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन पनि छ । भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्ने गर्छन् । किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो नै लाग्ने गरेको छ ।

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ ।

सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरिएको जनाइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर