काठमाडौं । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो ।
यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्रसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।