Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कक्षा १२ को उत्कृष्ट नतिजामा अर्काे आयाम थप्यो तिलोत्तमा माविले

20

विष्णु भण्डारी, श्रावण ३१ । यही श्रावण ३० गते मंगलबार प्रकाशित कक्षा १२ को अन्तिम परीक्षामा तिलोत्तमा माविले अर्काे महत्त्वपूर्ण सफलता प्राप्त गरेको छ । देशभर ५१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुँदा उपत्यका बाहिर एउटै शैक्षिक संस्थाले ९९ प्रतिशत नतिजा ल्याएको छ । ९९ प्रतिशत नतिजासँगै उत्कृष्ट ग्रेडमा सर्वाधिक विद्यार्थी संख्या उत्तीर्ण गराउन सफल भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

विद्यालयका अनुसार ‘ए’ प्लस ग्रेडमा मात्र ५८ जना विद्यार्थी एकै पटकमा उत्तीर्ण हुनु यस क्षेत्रकै गौरवपूर्ण नतिजा हो । त्यसैगरी ३ जिपिएभन्दा माथि मात्र विद्यालयका ४ सय बढी विद्यार्थी यसरी एकैपटक उत्तीर्ण हुनु ऐतिहासिक सफलता भएको विद्यालयका उप–प्राचार्य बद्री पन्थीले जानकारी दिनुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. २ मा अवस्थित तिलोत्तमा माविले विगत दुई वर्षदेखि लगातार नेपाल प्रथम भइ उत्कृष्ट नतिजा हात पारेको थियो । यस माविबाट राष्ट्रिय परीक्षा बोर्डले लिएको २०७८ को कक्षा १२ को अन्तिम परीक्षामा विक्रम तिवारी र कृषला लामाले ३.९२ जिपिए सहित नेपाल प्रथम हुन सफल भएका थिए । त्यसैगरी गत वर्षको कक्षा १२ कै अन्तिम परीक्षामा यसै विद्यालयका बिमल न्यौपानेले ३.९६ जिपिए सहित नेपाल प्रथम भएका थिए ।

यसै विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी गत वर्षको चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षामा सम्मिलित भएका बिमल न्यौपाने सहित १३ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्नसमेत सफल भएका थिए ।
शिक्षक, विद्यार्थी र अभिभावकबिचको परस्पर समन्वयात्मक सहकार्यले यो सफलता सम्भव भएको विद्यालयका प्राचार्य आर.सी. आचार्यले बताउनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर