Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कतारले युक्रेनलाई १० करोड डलर मानवीय सहायता दिने

17

एजेन्सी । कतारले युक्रेनलाई स्वास्थ्य, शिक्षा र शव उत्खननमा सहयोग गर्न मानवीय सहायताका लागि १० करोड डलर उपलब्ध गराउने भएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस सिमेललले जुलाई २८ का दिन खाडी राज्यका प्रधानमन्त्रीसँगको वार्तामा यति ठुलो सहयोगका विषयमा बोलेका थिए ।

सिमेलले सार्वजनिक रुपमा बताए अनुसार यो पैसा स्वास्थ्य र शिक्षा क्षेत्रको पुनर्निर्माण, मानव उत्खनन र अन्य महत्वपूर्ण सामाजिक र परियोजनाहरूमा खर्च गरिने छ ।

सिमेलले सार्वनजिक रुपमा बताए अनुसार आणविक, उर्जा र खाद्य सुरक्षा, सिमाना पुनर्स्थापना र अन्य बिन्दुहरू समावेश भएको १० बुँदे शान्ति योजना उपर छलफल भएको  छ ।

सिमेलले मस्कोको आक्रमणपछि रुसमा लगिएका हजारौं युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने प्रयासमा मध्यस्थता गर्न कतारले देखाएको तत्परताका लागि धन्यवाद दिए।

मस्कोले द्वन्द्वग्रस्त क्षेत्रमा छाडिएका अनाथ र बालबालिकाको सुरक्षा गर्न चाहेको बताउँदै आएको छ। युक्रेनले भन्छ धेरै बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको छ भने अमेरिकाले हजारौं बालबालिकालाई घरबाट जबरजस्ती निकालिएको बताउँछ।

कतारी प्रधानमन्त्रीले जुलाई २८ मा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्ने बताएका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर