Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कम्युनिस्ट नेता प्रधानमन्त्री दाहालको परिवारमा भड्किलो विवाह

15

 

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी एवं भरतपुर महानगरकी प्रमुख रेणु दाहालकी छोरी प्रतिभा पाठकको शुक्रबार विवाह भएको छ। प्रतिभाको विवाह अर्थशास्त्रमा विद्यावारिधि गर्दै गरेका गोरखा घर भएका विज्ञानबाबु रेग्मीसँग भएको हो। पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा भएको विवाहमा १ हजार जनालाई निम्तो गरिएको थियो। उनीहरूबीच मंसिर १२ गते टीकाटालो भएको थियो।

कम्युनिस्ट नेताको परिवारमा भड्किलो विवाह भएको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ। विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुख कै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न पनि उठेको हो ।

विद्यमान कानुनले विवाहको जन्ती र भोजमा ५१ जनासम्म मात्रै सहभागी गराउन मिल्ने व्यवस्था गरेको छ । सामाजिक व्यवहार सुधार ऐन २०३३, ले जन्ती र बिहे भोजमा आमन्त्रण गरिने मानिसहरूको अधिकतम सङ्ख्या तोकेको छ । ऐनको दफा ७ मा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्त लैजान नहुने व्यवस्था छ । उक्त दफाले बाजागाजा प्रयोजनका लागि बोलाइने मानिसहरूको सङ्ख्या पनि ११ जना तोकेको छ ।

यो कानुनी व्यवस्था उल्लङ्घन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । त्यस्तै दफा ८ मा दुलाहा वा दुलही पक्षबाट आयोजित भोजमा पनि ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ । भोजमा बोलाइने मानिसहरू नजिकको नातेदार बाहेक ५१ जना भनिएको छ । भोजमा तोकिएको सीमाभन्दा धेरै बोलाउनेलाई २० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ ।

तर, यस विवाहमा १ हजार भन्दा बढीलाई निम्ता दिइएकाे थियाे।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर