Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कर्जाको माग बढ्न नसकेर निरन्तर तरलता थुप्रिँदा केन्द्रीय बैंकले थाल्यो यस्तो पहल

20

काठमाडौं, १२ पौष । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिचेको छ। प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले तरलता खिचेको हो।

यसअघि नै राष्ट्र बैंकले प्रणालीबाट पटकपटक गरेर ६० अर्ब पैसा खिचिसकेको छ।  बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अभाव हुँदा तरलता पठाउने गरिन्छ। अधिक हुँदा तरलता खिच्ने गर्दछ ।

कर्जाको माग बढ्न नसकेर निरन्तर तरलता थुप्रिँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि पैसा खिचेको हो । अहिले बैंकिङ प्रणालीमा ६० खर्ब ३४ अर्ब निक्षेप छ भने कर्जा प्रवाह ५० खर्ब ५ अर्ब मात्र भएको छ। बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन।  तर अहिले औसत सीडी रेसियो ८०.१८ प्रतिशत छ। यस अनुसार बैंकहरुसंग झन्डै ९.८९ प्रतिशत अर्थात् ६ खर्ब ३ करोड रुपैयाँ लगानीयोग्य रकम छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर महङ्गो भएको कारण कर्जा गएका छैनन् । मौद्रिक नितिको पहिलो त्रैमासिक समिक्षाले ब्याजदर घटाउने नीति लिएकाले ब्यवसायीमा केही उत्साह देखिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर