Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कर्णाली प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा

15

कर्णाली प्रदेशलाई ‘पूर्ण खोपयुक्त प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बिहीबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यस्तो घोषणा गरेका हुन् ।

सो अवसरमा उनले ‘स्थानीय श्रोतको सदुपयोग, स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ प्रदेशलाई ‘पूर्ण खोपयुक्त कर्णाली प्रदेश’ घोषणा गरे। प्रदेश सरकारका मन्त्रीले प्रदेशलाई पूर्ण खोपको स्थितिमा पुर्‍याउन अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा संगीता मिश्रले भौगोलिक कठिनाइका बाबजुद कर्णाली प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेशको दर्जा दिनु उल्लेखनीय उपलब्धि भएको बताइन् । उनले हालसम्म देशका ७२ जिल्ला र तीन प्रदेशले पूर्ण खोप भएको घोषणा गरेको बताइन् ।

योसँगै प्रदेशका १० जिल्लाका ३४ हजार ६ सय ७१ बालबालिकालाई खोप लगाइएपछि कर्णाली चौथो प्रदेश बनेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले बताए । पछिल्लो खोप अभियानबाट बञ्चित रहेका बालबालिकालाई पनि खोप लगाइने उनले बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर