Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कर्णाली प्रदेश सरकारले किसानलाई क्षतिपूर्ति दिन ६ करोड रुपैयाँ छुट्यायो

15

२४ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोपवाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति दिन ६ करोड रुपैयाँ छुट्याएको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद बैठकले गत दुई महिनामा प्रकृतिक प्रकोपको मारमा परेका किसानलाई राहात दिन ६ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

मन्त्री जिसीका अनुसार गत भदौ र असोजको वर्षा र हावाहुरी लगायत प्राकृतिक प्रकोपले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बालीनाली तथा पशुपक्षीको क्षति भएको थियो । क्षति बेहोरेका १० ओटै जिल्लाका किसानहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिइने मन्त्री जिसीले बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर