Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कलेजका विद्यार्थीहरूले प्रदर्शन गरे पछि यौन दुर्व्यवहारका आरोपित पक्राउ

19

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिका-३२, तिनकुनेस्थित हिमालयन ह्वाइट हाउस कलेजका अनुशासन शिक्षक ३६ वर्षीय कृष्ण नेपाललाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ ।

कलेजमा परीक्षा चलिरहेका बेला चेकजाँचका क्रममा पीडितलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितले पुस ३ गते प्रहरी वृत्त, नयाँ बानेश्वरमा उजुरी दिनुभयो ।

यसअघि आरोपितलाई गिरफ्तार गर्न ढिलाई गरेको भन्दै कलेजका विद्यार्थीहरूले पुस ३ गते प्रहरी वृत्त, नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलका अनुसार विद्यार्थीहरूको उजुरी लगत्तै आरोपित शिक्षकलाई गिरफ्तार गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर