Sat2024 July 27
२०८१ साउन १२, शनिबार

काठमाडौं माहानगरपालिका–१६ का वडाध्यक्ष रिजालको निधन

18

रुपन्देही, भदौ २१ । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल जो केहि समय अगि मेयर बालेन्द्र शाह (बालेन) ले कार्यपालिकाको बैठक लाइ लाइफ गर्दै गर्दा बालेनको बिरोध गरेर चर्चामा आएका थिए उनै वार्डध्यक्ष ग्रान्डि अस्पतालमा उपचार को क्रममा आज बिहान निधन भएको छ ।  डेंगीबाट संक्रमित भएपछि उनी उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।
रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन् ।

निधन भएका रिजालको पार्थिब शरीर अहिले बिहान ११ बजे देखि अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने भएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । पाँच दिनको उपचार अवधिमध्ये दुईदिन आइसीयू र दुईदिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार उनको पार्थिब शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । ५३ बर्षको अल्पायुमै उनको निधन भएको छ। उनी एक जुझारु विकासप्रेमी, कर्तव्यनिष्ठ र निडर लिडर थिए।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर