Sat2024 July 27
२०८१ साउन १२, शनिबार

काठमाण्डौको तिनकुनेमा एकै परिवारका ३ जना सहित ४ जनाको हत्या

18

भदौ ३१, काठमाडौं । काठमाण्डौको तिनकुनेमा एकै परिवारका ३ जना सहित ४ जनाको सामूहिक हत्या भएको छ। काठमाण्डौ महानगरपालिका ३२ स्थित एक काष्ठमिल भित्र धारिलो हतियार प्रयोग गरी क्षतविक्षत हुने गरी हत्या गरिएको अवस्थामा शवहरु भेटिएको छ। हत्या भएकाहरुमा ३ जना एकै परिवारका रहेको बताईएको छ। गएराति दिव्या समिलमा भएको घटनामा चार जनाको ज्यान गएको थियो ।

हत्या हुनेहरुमा दोलखाका ५५ वर्षीय कमार भुजेल, उनकी श्रीमती शुभद्रा वाईवा र उनकै आमा ७० वर्षीय सुमित्रा भुजेल छन्। उनिसंगै मोरंग घर भएका १९ वर्षीय नवीन राईको पनि हत्या भएको काठमाण्डौ प्रहरीका कार्यबाहक प्रमुख एस पी कुमोद ढुंगेलले बताए ।

यसै बीच प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरेको छ। मृतक सबैको शव पोस्टमार्टमों लागी त्रिवी शिक्षण अस्पताल लगिएको छ।

अनुसन्धानमा सहयोग गर्न नेपाल प्रहरीको क्यानाइन डिभिजनबाट ट्र्याकर कुकुरलाई घटनास्थलमा पठाइएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर