Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कारागारमा एक कैदीको मृत्यु

17

सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको ०८० मङ्सिर ५ गते मृत्यु भएको छ ।

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको आरोपमा कैद रहेका मण्डलको उपचारको क्रममा मृत्यु भएको निमित्त कारागार प्रशासन प्रमुख सदानन्द दासले जानकारी दिनु भयो ।

जिल्ला अदलातबाट ०७९ कात्तिक १६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका मण्डललाई फागुन १८ गते जिल्ला अदालतले ३ वर्षका लागि कैद सजायको फैसला गरेको थियो । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले मण्डललाई हत्या आरोपमा साढे २ वर्ष कैद र शव लुकाएकोमा थप ६ महिना कैद गरी ३ वर्ष कैद सजाय भएको हो ।

दमको दिर्घरोगी रहेकाले नियमित उपचाररत मण्डलको पछिल्लो समय खुट्टा समेत सुन्निएको कैदीहरूले जानकारी दिएका छन् । कैदीहरूका अनुसार विहानको खाना खाएर केहीबेर आराम गरेपछि शौचालय गएका मण्डल निक्लेर ट्युवेलमा हातखुट्टा धोइरहेका बेला एक्कासी लडेका थिए । उनलाई तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको कारागार प्रशासनले जानकारी दिएको छ । शव हाल सोही अस्पतालमा रहेको छ ।

 

मनोहरकुमार पोखरेल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर