Sat2024 July 27
२०८१ साउन ११, शुक्रबार

कास्यपदकनजिक नेपाली महिला कबड्डी टिम

16

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिम कास्यपदक नजिक पुगेको छ । सोमबार भएको खेलमा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई ३६–२४ ले हराउँदै नेपाली टिम पदकनजिक पुगेको हो ।

महिला कबड्डीको सेमिफाइनलमा स्थान बनाउने टिमले कास्य पाउने हुँदा नेपालको पदक सम्भावना बलियो बनेको छ । नेपाल एसियाडको महिला कबड्डीको समूह ’बी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश र इरान छन् ।

समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । अब इरानले बंगलादेशलाई हराए नेपालको कम्तीमा कास्यपदक निश्चित हुनेछ ।

जारी एसियाडमा हालसम्म नेपाल पदकविहीन छ । नेपालले २९ खेलमा सहभागिता जनाएको छ । २५३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर