Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कुमारी बैंकका ऋणीको कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

17

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियमदर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागु हुने गरी कर्जाको प्रिमियमदरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागु गर्ने बैंकले जानकारी दिएको छ ।

यो नयाँ दरफोन लोन र क्रेडिट कार्ड बाहेक यसबैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरू उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागु हुने जानकारी दिइएको छ ।

कुमारी बैंकले ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको पनि जानकारी दिइएको छ । कुमारी बैंकले आफ्ना ग्राहकहरूका गतिशील आवश्यकताहरू र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकूल विभिन्न योजनाहरू प्रवर्धन गर्ने गरेको बताइएको छ ।

कुमारी बैंकले देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर