Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कुरिनटारमा २५ शैयाको अस्पताल सञ्चालनमा

20

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा १५ शैया क्षमताको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ ।

गाउँपालिकाले तत्कालीन दरेचोक स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।

वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले शुक्रबार अस्पतालबाट सेवाको शुभारम्भ गर्दै देशकै व्यस्त राजमार्ग पृथ्वी राजमार्ग नजिक रहेकाले अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

यस अस्पतालको सेवाबाट चितवन, तनहुँ, गोरखा र धादिङका जनताले प्रत्यक्ष लाभ पाउनेछन् ।

त्यसैगरी संघीय सरकारको १३ करोड रुपैयाँ सहयोगमा कुरिन्टार बजारमा अस्पतालको भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

भवन निर्माण सम्पन्न भएपछि अस्पतालको सेवालाई थप विस्तार गरिने गुरुङले बताए ।

हाल दुई जना चिकित्सक र अन्य १३ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिइरहेका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर