Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कुष्ठरोग निवारण, बाँके-बर्दियाका लागि ठूलो चुनौती बन्दै

16

बाँके, : विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामीमा कमी आए पनि लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लामा यो दीर्घकालीन सरुवा रोगका नयाँ विरामीहरु भेटिने क्रम बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९-८० (२०२२-२३) बाँकेको जानकी गाउँपालिकास्थित शिनिङ अस्पतालमा १२६ जना कुष्ठरोगका बिरामी फेला परेका थिए । गत वर्ष फेला परेका बिरामीमध्ये ५५ बाँकेका, ३७ बर्दियाका र बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाका रहेको अस्पतालका प्रमुख मंगलबहादुर थारुले बताए ।

एनजीओ आईएनएफ नेपालद्वारा सञ्चालित अस्पतालले आर्थिक वर्ष २०७८-७९ (२०२१-२२) मा १५७ जना कुष्ठरोगी पहिचान गरेको थियो । लुकेको रोग पत्ता लगाउन विभिन्न स्थानमा नियमित शिविर सञ्चालन भइरहेको थारुले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुष्ठरोग रोकथाममा चुनौती रहेको स्वीकार गर्दै लुकेका बिरामी पहिचान गर्न कुष्ठरोग शिविरलगायतका थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग फोकल पर्सन जीवन रजौरेले कुष्ठरोगीप्रतिको सामाजिक धारणा अझै पूर्णरुपमा परिवर्तन हुन नसकेको र यो रोग लागेका व्यक्तिले समाजमा कलंक बेहोर्नुपरेको बताए । “यसले चिकित्सा हेरचाहमा उनीहरूको पहुँचमा बाधा पुर्‍याएको छ।”

बाँके जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले कुष्ठरोग विरुद्ध जनचेतना अभिवृद्धि गर्न, पत्ता नलागेका बिरामीको पहिचान गर्न र यस क्षेत्रमा रोकथाम प्रयासमा योगदान पु¥याउन आईएनएफको भूमिकाको प्रशंसा गर्नुभयो । उनले जिल्लामा कुष्ठरोग निवारणका लागि जिल्लामा बजेट विनियोजन गर्न तीन तहका सरकारबीच सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर