Mon2024 September 16
२०८१ भदौ ३१, सोमबार

कृष्णनगर क्वारेन्टाइनका प्रमुख भट्टराईलाई घुस लिएको आरोप

17

कपिलवस्तु, २० भदौ । कपिलवस्तु कृष्णनगर प्लान्ट क्वारेन्टाइनका प्रमुख बुद्धिराम भट्टराईले सेवाग्राहीसँग घुस माग्ने गरेको तथ्य बाहिर आएको छ। क्वारेन्टाइन प्रमुख भट्टराईले स्थानीय सेवाग्राहीसँग पटक पटक घुस रकम माग्ने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्।

भारतबाट कृष्णनगर नाका हुँदै नेपालतर्फ भित्रिने साग सब्जी, फलफूल, तरकारी, खाद्यान्न लगायतका प्लान्टजन्य वस्तुहरूको विषादि परीक्षणमा सहजता गर्ने भन्दै उनले सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेका हुन्। प्लान्ट क्वारेन्टाइनका सिलसिलामा मासिक रूपमा स्थानीय व्यवसायीहरूसँग उनले लाखौं रुपैयाँ उठाउँदै आएको स्थानीय व्यवसायीको भनाई छ।

प्लान्ट क्वारेन्टाइनले प्लान्टजन्य वस्तुको विषादीलगायतको परीक्षण गरी सकेपछि क्वारेन्टाइन रिर्पोटको आधारमा भन्सारबाट गाडी जाँच पास भएर नेपाल भित्रिने गर्छ। क्वारेन्टाइनका नाममा अनावश्यक दुख दिने, गाडी जाँच पास ढिलो हुने गरेका कारण आफूहरू बाध्य भई क्वारेन्टाइन प्रमुख भट्टराईलाई राजश्व रकम बाहेक थप रकम घुस दिनुपरेको कृष्णनगरका एक व्यवसायीले बताए।

यता क्वारेन्टाइन प्रमुख भट्टराईले भने आफूले कसैसँग कुनै प्रकारको अवैध रकम माग नगरेको प्रतिक्रिया दिए। बरु आफूले क्वारेन्टाइन चेकजाँचलाई प्रभावकारी बनाएर राजश्व रकम संकलन बढाएको भट्टराईले दाबी गरे तर, उनले व्यवसायीसँग गाडी जाँच पास गर्दा रकम बार्गेनिङ गर्ने गरेको प्रमाण फेला परेको छ। व्यवसायीले तोकेको रकमभन्दा कम रकम दिएपछि भट्टराईले बाँकी भुक्तानी गर्न समेत आग्रह गर्ने गरेका छन्। व्यवसायीले रकम कम दिएपछि भट्टराईले उल्टै आफूले आगामी दिनमा कारोबार नगर्ने र रकम फिर्ता लैजान चेतावनी दिने गरेका छन्। उनले गाडीको सामान अनुसार व्यवसायीसँग रकम बार्गेनिङ गर्ने गरेको पाइएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x