Sat2024 July 27
२०८१ साउन १२, शनिबार

केपी ओली कप क्रिकेटमा कर्णाली र एपिएफ विजयी

15

कास्की। पाेखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’अन्तर्गत तेस्रो दिनको खेलमा कर्णाली प्रदेश र विभागीय एपिएफ क्लबले जित हात पारेका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा एकेडेमी कास्की शाखाको व्यवस्थापनमा पोेखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत तेस्रो दिनको पहिलो खेलमा कर्णालीले आयोजकको रातो टोलीलाई ४ विकेट र एपिएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेको हो। खेलमा जित हात पारे पनि समूह ‘ए’मा रहेका दुवै टोली प्रतियोगिताबाट भने बाहिरिएका छन्। यस समूहबाट दुई खेल जित्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको छ।

पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजक रातोले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०९ रन जोडेको थियो। ११० रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ११ बल बाँकी रहँदा १८.१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन जोड्दै लक्ष्य पूरा गर्‍यो।

आयोजक रातोका लागि रोशन गौतमले सर्वाधिक ३० रन जोड्दा निश्चल ज्ञवालीले १९ रन, अंकित बिएमले १८, निर्मल थापाले १७, र सहजाद अलामले १६ रनको योगदान गरे। ओपनरसमेत रहेका कप्तान अमर मिश्र चार बलमा एक रन जोड्दै बाहिरिएका थिए।

पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजक रातोले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०९ रन जोडेको थियो। ११० रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ११ बल बाँकी रहँदा १८.१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन जोड्दै लक्ष्य पूरा गर्‍यो।

आयोजक रातोका लागि रोशन गौतमले सर्वाधिक ३० रन जोड्दा निश्चल ज्ञवालीले १९ रन, अंकित बिएमले १८, निर्मल थापाले १७, र सहजाद अलामले १६ रनको योगदान गरे। ओपनरसमेत रहेका कप्तान अमर मिश्र चार बलमा एक रन जोड्दै बाहिरिएका थिए।

कर्णालीका लागि खेलका म्यान अफ दी म्याच भएका दीपेन्द्र रावत नट आउट रहँदै ३१ बलमा दुई चौका र तीन छक्कासहित टोलीका लागि सर्वाधिक ४३ रन जोड्न सफल भए। प्रकाश जैसीले १९ तथा निश्चल रावलले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

कर्णालीका लागि प्रकाश जैशीले दुई तथा दिनेश अधिकारी, दिवस पुन र अनुज चन्द्रले समान एक–एक विकेट लिए। आयोजक रातोका सन्तोष यादव र विप्रसन केसीले दुई–दुई विकेट लिँदा सन्देश थापा र सुमित पराजुलीले एक–एक विकेट लिए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको एपिएफले २० ओभर खेल्दै सात विकेटको क्षतिमा १५१ रनको योगफल तयार गरेको थियो। १५२ रनको लक्ष्य पाएको लुम्बिनी २० ओभर खेल्दै नौ विकेटको क्षतिमा जम्मा ६७ रनमा समेटिएको थियो।

एपिएफका लागि लोकेश बम नट आउट रहँदै टोलीका लागि सर्वाधिक ३२ रन जोड्न सफल भए। कप्तानसमेत रहेका ओपनर प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र असिफ शेखले १३ रन जोडे।

यसैगरी, लुम्बिनीका लागि मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्ने क्रममा २२ बलमा एक चौका प्रहार गरेका थिए। रोशन गुप्ता नट आउट रहँदै १३ रन जोड्दा ध्रुव सुनारले टोलीका लागि ११ रन बनाए। अन्य खेलाडी दोहोरो अंक जोड्न असफल रहे।

खेलमा लुम्बिनीका रमेश कुर्मी र अभिषेक गौतमले समान दुई–दुई र मोहमद हुसेनले एक विकेट लिए। चार ओभर खेलेका एपिएफका अरुण ऐरीले सात रन सँगै पाँच विकेट हात पार्दा भुवन कार्कीले दुई विकेट लिए भने अभिनाश बोहरा र अमर रटौलाले समान एक–एक विकेट लिए। एक खेलमा हार व्योहोरेको एपिएफले जितसँगै अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर