Sat2024 July 27
२०८१ साउन १२, शनिबार

के साच्चिकै स्वास्थ्यमा गम्भीर समस्याकै कारण उपचार गराउन धर्मेन्द अमेरिका गए

17

एजेन्सी, भदौ २७ । आजभोलि सनी देओल आफ्नो फिल्म गदर२को सफलताका कारण धेरै नै खुशी देखिन्छन् । यसै बीच खबर आएको छ कि उनका पिता धर्मेन्द्र गम्भीर बिमार छन्, त्यसैले स्वास्थ्य परीक्षणका लागि उनी अमेरिकातिर प्रस्थान गरिसके । यो खबरले उनका फ्यानहरुमा निराशा छरिदिएको छ । धर्मेन्द्रको स्वास्थ्य समस्यालाई लिएर दुःखी बनेका उनका फ्यानहरु पुनः खुशी भए जब धर्मेन्द्रकी जीवनसँगिनी हेमामालिनीले मिडियामै एक अन्तरवार्ताको दौरान बाहिर जे जे हल्ला चलेको छ धर्मेन्द्रको स्वास्थ्यलाई लिएर त्यो सबै अफवाह भएको र धर्मेन्द्र ठिकठाक रहेको बताइन् ।

सामान्य रुटिन चेक अपका लागि धर्मेन्द्र अमेरिका गएको बुझिएको छ । फिल्म शुटिङ्गमा व्यस्त धर्मेन्द्र आफ्नो कामबाट अहिले एक प्रकारको छोटो ब्रेक लिएर अमेरिका गएका हुन् । उनको साथमा उनका छोरा सनी देओल पनि गएका छन् । भनिएको छ उनीहरु १५ देखि २० दिन उतै बसेर फेरि काममा फर्किने हुन् ।

धर्मेन्द्र ८७ वर्षका भइ सके । उनी भारतीय फिल्म इन्डस्ट्रिजका अभिनयको संसारमा एक सदाबहार अभिनेता हुन् । उनले आजसम्म ३०६ भन्दा बढी एकसे एक सुपरहिट फिल्म गरिसकेका छन् । सन् १९६० देखि १९६८ को अवधिमा उनी रामान्टिक हिरोको रुपमा देखा परे भने सन् १९७१ देखि १९९७ को अवधिमा एक्शन हिरोको रुपमा करोडौं फ्यानहरुको दिल जिते ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर