Thu2024 October 10
२०८१ असोज २३, बुधबार

कोशी प्रदेशका ६ ओटा स्थानीय तहमा उप-निर्वाचन हुने

22

मोरङ, ३१ भदौ । निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहमा आगामी ०८१ मङ्सिर १६ गते निर्वाचनका लागि मिति तय गरेको छ ।

मन्त्रीपरिषद्को ०८१ भदौ ३० गतेको बैठकले ०८१ मङ्सिर १६ गते रिक्त रहेका स्थानीय तहमा निर्वाचन गर्ने निणर्य गरेको हो ।

कोशी प्रदेशका झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । देशभर ३४ ओटा पदका लागि निर्वाचन हुने आयोगले जनाएको छ ।

देशभरबाट ०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ पद रिक्त रहेकोमा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न ०८१ साउन २९ गते आह्वान गरेको थियो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था छ ।

कोशी प्रदेशका ६ ओटा जिल्लाका स्थानीय तहमा रिक्त रहेका ठाउँमा आगामी ०८१ मङ्सिर १६ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनमार्फत पदपूर्तिका लागि आयोगले तयारी गरेको हो ।

‘निर्वाचनका लागि मतदाता नामावली आधारभूत तत्व रहेको र मतदाता नामावली ऐन २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

आयोगले आफूलाई पायक पर्ने प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा अनलाइन फाराम भरी नियमित रूपमा मतदाता नामावली दर्ताको व्यवस्था मिलाएबमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकोमा विश्वस्त हुँदै आयोगले विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरिएको छ ।

Photo 20240915 Morang (1)
Photo 20240915 Morang (2)

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x