Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कोसीमा नयाँ सरकार गठन आह्वान

15

विराटनगर । कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ । शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्दै उनले ६ दिनको समयसीमा दिएका छन् ।

विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामापत्र बुझाएका थिए ।

सर्वोच्च अदालतको परमादेशबाट कार्की गएको भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत (४७) सांसदको समर्थनप्राप्त प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न सक्ने उपधारा ५ मा व्यवस्था छ ।

afg-1696689535.jpg

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर