Sat2024 July 27
२०८१ साउन १२, शनिबार

कोहली र राहुलको सानदार शतकमा पाकिस्तानलाई विशाल लक्ष्य

18

एजेन्सी – विराट कोहली र लोकेश राहुलको सानदार शतकमा भारत एसिया कपको सुपर फोर खेलमा पाकिस्तानलाई ३ सय ५७ रनको विशाल लक्ष्य दिएको छ । श्रीलंकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ५६ रन बनायो ।

भारतका विराट कोहलीले ९४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २२ रनको सानदार शतकीय इनिङ खेले । लोकेश राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्कासहित १ सय ११ रनमा नट आउट रहे ।

चोटका कारण गत मार्चपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका राहुलले सानदार शतकका साथ पूनरागमन गरेका हुन् । कोहलीको ओडिआई करिअरको ४७ औं र लोकेश राहुलको छैटौं हो ।

तेस्रो विकेटका लागि कोहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनको सानदार अविजित दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । भारतलाई पहिलो दिन नै ओपनर रोहित शर्मा र शुभमन १६.४ ओभरमा १ सय २१ रनको शानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

रोहित शादब खानको बलमा फहिम अशरफबाट क्याच आउट भएका थिए । कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । युवा ब्याटर शुभमन गिल ५२ बलमा १० चौकासहित ५८ रनमा आउट भए ।

गिल शाहिन शाह अफ्रिदीको बलमा एक्स्ट्रा कभरमा अघा सलमानबाट क्याच आउट भए । त्यसपछि भने पाकिस्तानी बलरले विकेट लिन सकेनन् । सोमबार भने हरिस रौफ फिट नहुँदा बलिङ गरेनन् । पाकिस्तानलाई जसको कारण ठूलो घाटा लागेको थियो ।

पाकिस्तानका शादब खानले १० ओभरमा १ मेडनसहित ७१ रन खर्चेर १ विकेट लिए । शाहिन शाह अफ्रिदीले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिए ।

आइतबार वर्षाको कारण भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो । भारतले त्यसै अवस्था खेल सुरु गरेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर