Sat2024 July 27
२०८१ साउन १२, शनिबार

क्रिकेटर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने

13

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत यो घोषणा गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भारी मनले आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्काे भेट नभए सम्म।”

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर