Sat2024 July 27
२०८१ साउन १२, शनिबार

क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा कारागार व्यवस्थापनमा समस्या

18

बाजुरा । जिल्ला कारागार, बाजुरामा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा व्यवस्थापनमा समस्या भएको छ । “ङ” श्रेणीको जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता  २५ जनाको भए पनि हाल ३३ कैदी र २८ थुनुवा गरी ६१ जना राखिएको कारण व्यवस्थापन गर्न समस्या भएको जिल्ला कारागारका जेलर हंस बोहराले बताउनु भयो ।

२०३७ सालमा निर्माण गरिएको जिल्ला कारागार जीर्ण अवस्थामा रहेका कारण कारागार भवनको छाना चुहिएर कैदीबन्दीलाई बस्नको लागि समस्या भएको र जीर्ण अवस्थामा रहेको कारागार पटकपटक आएको भूकम्पका कारण चिरा परेकोले सुरक्षाका दुष्टिकोणले उच्च जोखिममा रहेको जेलर बोहोराले बताउनु भयो  ।

एक जना हेल्थ असिष्टेन करार सेवामा कार्यरत रहनु भएको भए पनि चार जना दिर्धरोगीहरु रहनु भएकोले सामान्य स्वास्थ्य उपचारका लागि पनि जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता छ ।

क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएकै कारण शौचालय प्रयोग गर्न पालो कुर्नु पर्ने, कोचिएर बस्नु पर्ने, सुत्नलाई समस्या हुने र खानेपानीको समस्या समेत रहेको कैदी नरपति चदराले दुखेसो पोख्नु भयो ।

वर्षायाममा छत् चुहिएर सुन्त नसकिने र अहिले चिसो बढ्दै गएकोले कैन्दीबन्दीहरु दिनप्रतिदिन बिरामी पर्न थालेको समेत कैदी चुनराको भनाइ छ ।

जिल्लामा महिला कैदीबन्दी र बालबालिकाहरुलाई राख्ने व्यवस्था नहुँदा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यताले कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न र मुद्दा लड्न समस्या हुनेगरेको जेलर बोहोराले बताउनु भयो ।

जीर्ण अवस्थामा रहेको कारागारको पुनर्निर्माणका लागि संघीय, प्रदेश र स्थानीय तहबाट अनुगमनका लागि आउने प्रतिनिधिहरुलाई अनुरोध गर्दै आएको भए पनि कहिकतैबाट सुनवाइ हुन नसकेको जेलर बोहराको भनाइ छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर