Sat2024 July 27
२०८१ साउन १२, शनिबार

खुला विश्वविद्यालयका विद्यार्थीले पनि अधिवक्ताको लाइसेन्स परीक्षा दिन पाउने

18

काठमाडौं । सर्वोच्च अदालतले खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई कानुन व्यवसायीको लाइसेन्स परीक्षामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासले खुला विश्वविद्यालय पढेका विद्यार्थीलाई अधिवक्ताको व्यवसायी परीक्षामा सामेल हुन दिनबाट बन्चित नगर्न भनेको हो ।

“नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ बमोजिम स्थापित विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रम बमोजिम उपाधि प्राप्त व्यक्तिहरूलाई नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली, २०७७ जारी (२०७७।१२।०१) हुनुभन्दा अगाडिदेखि नै कानूनको स्नातकतहको अध्ययन कार्यमा संलग्न रही उपाधि हासिल गरेको व्यक्तिहरूको हकहितमा प्रतिकूल असर पर्ने गरी नियममा अन्यथा सर्तहरू राखी अधिवक्ताको व्यवसायी परीक्षामा सामेल हुन दिनबाट बञ्चित गर्नु मनासिब देखिएन,” सर्वोच्चले भनेको छ ।

सर्वोच्चले नेपाल कानून परिषद्‌बाट ०७९ साउन १९ मा भएको निर्णय प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न पनि भनेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर