Sat2024 July 27
२०८१ साउन १२, शनिबार

खुल्ला दिसा मुक्त घोषणाको १२ वर्ष पुग्दा पनि झाडा पखालाका बिरामी उस्तै

18

म्याग्दी जिल्लालाई २०६९ असोज २३ गते खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिएको थियो । खुल्ला दिसामुक्त घोषणा गरेकाे १२ वर्ष पुग्दा पनि पिउने पानीमा मानव दिसाको मात्रा भेटिने गरेको छ । जसले गर्दा पछिल्लो समय अन्नपुर्ण  गाउँपालिका भित्र मुख्य १० रोग मध्ये झाडा पखाला पनि एक हो ।

गत वर्ष पिउने पानीको परीक्षण गर्दा जिल्लाका हरेक स्थानीय तहमा अधिकांश स्थानमा दिसाको मात्रा भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीलेले बताउनुभएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालका अनुसार गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा सबै भन्दा धेरै टाउको दुखेका बिरामीहरु र झाडा पखालाका बिरामीहरु स्वास्थ्य संस्थामा आएका थिए । टाउको दुखेको भन्दै अन्नपुर्ण गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा आउने बिरामीहरु १ हजार १ सय ८ जना थिए । त्यस्तै झाडा पखालाका बिरामीहरु गत आर्थिक वर्षमा ५ सय ८ जना उपचारका लागि स्वास्थ्य संस्थामा आएका थिए ।

स्वास्थ्य संस्थामा आउनेहरुको संख्या गणना गरिने भए पनि स्वास्थ्य संस्थामा नआएरै घरेलु उपचार गर्नेहरु पनि गाउँपालिका भित्र भएकाले यो संख्या अझ बढी हुन सक्छ बरुवालले बताउनुभयो । ‘गाउँपालिका भित्र देखिने रोगहरु मध्ये मुख्य १० भित्र झाडा पखला पनि देखिएको छ ।’ पिउने पानीको परीक्षणमा मानव दिसामा पाइने जीवाणु समेत भेटीएकोले गर्दा पानी उमालेर पिउन आग्रह गरीएको भए पनि यो समस्या वर्षेनी देखिदै गएको उहाँको भनाई थियो । पिउने पानीमा शुद्धताका लागि पिउनु पूर्व उमाल्न तथा पानी शुद्ध गर्ने औषधि प्रयोगका लागि आग्रह गरिएको भए पनि प्रभावकारी नदेखिँदा झाडापखलाको समस्या देखिने गरेको उहाँको भनाई छ ।

अमृतप्रसाद पौडेल/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर