Sat2024 July 27
२०८१ साउन १२, शनिबार

खुशियाली यो मिलनको धेरै दिनसम्म रहन्न (गीत)

187

खुशियाली यो मिलनको धेरै दिनसम्म रहन्न
सुस्तरी सुस्तरी आउँदैछ सुस्तरी बिछोडकै पालो

कति प्यारो हुन्छ आफ्नो मान्छे
जति राखेपनि आँखामा बिजाउँदैन
छलकपट गर्दैन कहिल्यै
मनमा केही कुरा लुकाउँदैन
राख्दैन संसारसँग वास्ता, यो दिलनै हुन्छ बस्ने थलो
सुस्तरी सुस्तरी आउँदैछ सुस्तरी बिछोडकै पालो

सँगसँगै बाँच्न सँगसँगै हाँस्न
तनमनले गरिन्छ तयारी
माग्नलाई विदा फुर्सत हुन्न
एक्कासी लिइन्छ विदाबारी
जाने मान्छे गइहाल्छ छोडेर
जिउनेलाई केही दिन हुने खल्लो
सुस्तरी सुस्तरी आउँदैछ सुस्तरी बिछोडकै पालो

कहिले उदाउने कहिले अस्ताउने
भोग्नुपर्छ थरी थरी आयाम
केही कुरा छैन स्थिर यो जगमा
जप राधा श्याम, सीताराम
प्राण छँदै गर्नुपर्छ सतकर्म
मृत्युले हाल्छ हेर अंगालो
सुस्तरी सुस्तरी आउँदैछ सुस्तरी बिछोडकै पालो

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर