Sat2024 July 27
२०८१ साउन १२, शनिबार

खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार छनोटका लागि खेलकुद मन्त्रालयबाट आवेदन माग

15

भदौ २८ गते । खेल पत्रकारलाई सम्मान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले खेल पत्रकारहरुबाट दरखास्त माग गरेको छ । खेल क्षेत्रसँग सम्बन्धित पत्रकारिता गरि नेपालको खेलकुद क्षेत्रको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याउने पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने नियम रहेकाले सो नियम भित्र पर्ने पत्रकारहरुबाट दरखास्त पेश गर्न खेलकुद मन्त्रालयले माग गरेको हो ।

मन्त्रालयबाट प्रथम पटक प्रकाशित मितिले ३० दिनभित्र स्वयं उपस्थित भइ अथवा मन्त्रालयको खेलकुद प्रवद्र्धन शाखाको इमेल ठेगाना mयथककउयचतक२नmबष्।िअयm मा प्राप्त हुने गरी दरखास्त बुझाइ सक्नुपर्ने छ । मन्त्रालयले आवेदन बुझाउन भनि गत भदौ २५ गते सूचना प्रकाशन गरेको थियो ।

आवेदकले आवेदन दिँदा आफूले कुन विधाको पत्रकारिताका लागि दरखास्त दिएको हो सो स्पष्ट रुपमा खुलाउनु पर्नेछ । मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार गरी दुई विधामा खेलकुद पत्रकारलाई सम्मान गर्ने गरेको छ ।

निवदेन दिदा रित पुर्याइ दिनका लागि खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान –पहिलो संशोधन) कार्यविधि, २०७६ हेर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।
खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानका लागि छनोटका आधारका रुपमा निम्न क्षेत्रहरु समावेश गरिएका छन् :
—खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदान (१५ अङ्क)
—खेलकुद क्षेत्रमा खोज तथा अनुसन्धान (१० अङ्क)
—खेलकुद पत्रकारिता क्षेत्रमा निरन्तरता एवं क्रियाशीलताको अनुभव (३० अङ्क)
—पत्रकारिताको क्षेत्र (१० अङ्क)
—मोफसलका खेलकुद गतिविधिहरुको सूचना प्रकाशन वा प्रशारण (१०ङ्क)
—सम्पादित कार्यको स्तरीयता (२५अङ्क)

मूल्याङ्कनको आधार तथा आवेदनको ढाँचा तल हेर्नुहोस् :

 

 

 

 

 

 

 

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर