Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गण्डकीलाई हराउँदै एपिएफ क्वालिफायरमा

18

काठमाडौं  –उपाधि दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५२ रनले हराउँदै क्वालिफायरमा स्थान पक्का गरेको छ । एपिएफ शीर्ष स्थानमा रहँदै एक खेल अगावै क्वालिफायर खेल्ने पक्का भएकोछ ।

जीतको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन बनायो । गण्डकीको लागि सुमन खतिवडा र सृष्टी जैसीले समान १७ रन बनाइन् । सुमनले १७ बलमा २ चौका प्रहार गरेकी थिइन् । ओपनर सृर्जना पौडेल ११ र ज्योत्स्निका मरासिनी १३ रनमा आउट भइन् ।

एपिएफकी नेरी थापाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । सोनु खड्काले दुई र करुणा भण्डारीले एक विकेट लिइन् ।
एपिएफ ६ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।

कोशी ६ खेलमा ५ मा जीत र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जीत र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ मा जीत र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।

यी चार टोली प्लेअफमा पुगेका छन् । बाँकी कुनै पनि टोली अव ८ अंकमा पुग्न सक्दैनन् । लुम्बिनी ६ खेलमा २ मा जीत र ४ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ ।

मधेश ६ खेलमा २ मा जीत र ४ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । गण्डकी प्रदेश ६ खेलमा ५ मा हार र १ मा जीतसहित २ अंकका साथ सातौं स्थानमा छ । कर्णाली ६ खेलमा सबैमा हार व्यहोरेको छ ।

शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनलमा पुग्ने अवसर पाउनेछ । तेस्रो र चौथो स्थानमा हुने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।

एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता हुनेछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर