Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गण्डकी प्रदेशको तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक

18

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराद्वारा गत तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक गर्दै तेस्रो स्थिति सूचक प्रकाशित गरेको छ ।

गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाका बारमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशका जिल्लाहरुबाट जुलाई २०२३ देखि सेम्टेम्बर २०२३ को अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको तथ्याङ्कसहित त्रैमासिक अवस्थाको विश्लेषण गरी स्थिति सूचक प्रकाशन गरिएको हो ।

तीन महिनाको अवधि सम्ममा गण्डकी प्रदेशमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा अन्यपक्षबाट १ सय १८ जना पीडित भएका छन् । भने आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार अन्तरगत मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले एमसीसी परियोजनाको नाममा रहेको जग्गा कब्जा गरेको एउटा घटना अभिलेख छ ।

अभिलेखित घटना अनुसार अन्यपक्षबाट नौ पुरुष र १ सय ९ जना महिला गरी १ सय १८ जना पीडित भए । त्यस्तै तीन जना महिला र दुई जना पुरुष गरी पाँच जनाको हत्या भयो । यस अवधिमा सबैभन्दा बढी महिलाविरूद्ध हुने हिंसाका घटनामा ८९ जना महिला पीडित भए । अन्यपक्षबाट कुटपिटका घटनामा दुई जना महिला र चार जना पुरुष पीडित भए । कुटपिट हुनेमा चिकित्सकहरु पनि पीडित भएको यस त्रैमासिकमा अभिलेख गरिएको छ । अन्यपक्षबाट घाइतेमा एक जना पुरुष पीडित भए । अन्य पक्षबाटबाटै एक जना पुरुष अमानविय व्यवहारबाट पीडित भएका छन् । जातिय विभेदको घटनामा एक जना पुरुष पीडित भए । इन्सेकको अभिलेख अनुसार सन् २०२३ को तेस्रो त्रैमासिकको अवधिमा गण्डकी प्रदेशमा बालबालिकाविरूद्ध भएका हिंसाका घटनामा १५ जना बालिका पीडित भए । यस अवधिमा विधालयमा दिइएको दण्ड सजायबाट एक जना बालिक पीडित भएकी छन् । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनाबाट १० जना बालिका र यौन दुर्व्यवहार घटनाबाट चार जना बालिका पीडित भएका छन् ।

महिला अधिकार अन्र्तगत यस अवधिमा गण्डकी प्रदेशमा महिला हिंसा तथा दुव्र्यवहारका घटनामा ८९ जना पीडित भए । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनामा १४, बलात्कार प्रयास घटनामा दुई र यौन दुर्व्यवहारबाट दुई जना पीडित भए । त्यसैगरी घरेलु हिंसाबाट ६९ जना र बहुविवाहको घटनामा एक जना महिला पीडित भए । साथै बोक्सीको आरोपमा एक जना महिला पीडित भएको अभिलेख गरिएको छ । महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन् । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास जस्ता घटना भएको इन्सेकमा अभिलेख छ ।

यस अवधिमा मानव अधिकारको सवालमा चिकित्सा जस्तो महान पेशामा कार्यरत चिकित्सकहरु माथि निरन्तर भएका कुटपिटका घटनाहरु तथा अस्पतामा भएका तोडफोडका घटनाहरुले मानव अधिकारको मात्र नभई समग्र मानवताकै उपहास तथा उल्लङ्घन गरेको छ । आपराधिक घटनाहरुमा भएका दण्डहीनताका कारण पनि यस्ता घटनाहरु निरन्तर दोहोरिने गरेको अनुमान गर्न सकिन्छ । यस अवधिमा अघिल्लो तीन महिनामा जस्तै बाल अधिकारको विषयमा अझैपनि विधालयहरुमा विभिन्न बहानामा दण्ड सजाय दिइने तथा विधालयका प्रधानाध्यापक तथा शिक्षकहरुबाटै बालिकाहरु यौन दुर्व्यवहारबाट पीडित भएका छन् । यस्ता घटनाहरु मिलाउन जनप्रतिनिधिहरुको रहोबरमा बैठकहरु समेत बसेको पाइएको छ ।

यस्ता मानव अधिकार उल्लङ्घनका घटनाहरुका विषयमा इन्सेकले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम गरिराखेको छ ।

 

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर