Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु

16

असोज १०,  पाटन। बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा पाटन नगरपालिका–८ हरिचनका अन्दाजी ३७ वर्षीय नरेन्द्रसिंह महरा रहेका छन्। उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए।

बाजुराबाट घर आउने क्रममा गएराति २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा उनलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।

गाडीको ठक्करका कारण उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए।

उनका अनुसार ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन।

गाडीको ठक्करबाट महराको मृत्यु भएपछि अहिले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। मृतकका आफन्तले दोषीको पहिचान नहुँदासम्म गाडी चल्न नदिने चेतावनी दिएका छन्।

महराको शव बीच सडकमै रहेको छ। प्रहरीले ठक्कर दिने गाडी पहिचानका लागि अनुसन्धान गरिरहेको छ। सडक अवरुद्ध हुँदा तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु रोकिएका छन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर