रुपन्देही, १९ भदौ । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच एकअर्कालाई लक्षित गरी भनाभनको दोहोरी चलेको छ । समीक्षाले पूजाको एक अन्तरर्वार्तालाई प्रसङ्ग बनाई स्टाटस लेखेपछि पूजाले पनि जवाफ फर्काएकी छन् । कलाकारिताको जगत चाहे गायन होस् चाहे अभिनय, कलाकारहरु बिच यतिसम्मको मनमुटाव हुन्छ उनीहरुले न त एकअर्काको नाम लिन मन पराउँछन् न प्रगति नै गरेको देख्न रुचाउँछन् ।
केही दिनअघि एउटा पोडकास्टमा पूजाले अभिनेता पल शाह र समीक्षा मुछिएको प्रकरणबारे टिप्पणी गरेकी थिइन् । अदाललले सफाइ दिइसककेको भन्दै उनले पलको बचाउ गरेको भिडिओ क्लीप शेयर गर्दै समीक्षाले आज कडा टिप्पणी गरेकी छन् ।
समीक्षाको स्टाटस यस्तो थियो
अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि । सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ र माफी दिएर सावित गरिदिएँ ।
त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?
यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?
सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ‘तिमी मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदी भनें, मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पीडा नदिनुस् प्लिज । अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ।
सत्य के हो ? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।
यो स्टाटसमा आपत्ति जनाउँदै पूजाले आफ्नो फिल्म रिलिज हुनुपूर्व सत्रु लागेको टिप्पणी गरेकी छन् । उनले स्टाटसमा आफ्ना साथीहरुले मात्रै कमेन्ट गर्न सक्ने बनाएकी छन् ।
पूजाले आफ्नो स्टाटासमा समीक्षाको नाम नलेखी गायिका बहिनी भनेर सम्बोधन गरेकी छन् । पूरा भिडिओ हेरेर मात्रै प्रतिक्रिया दिन उनको आग्रह छ । फिल्म आउनुभन्दा केही दिन अगाडि पहिले र अहिले पनि आफूलाई टार्गेट गरिएको र बाध्य भएर बोल्नु परेको पूजाले बताएकी छन् ।
हेर्नुस पुजाको स्टाटसः
‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन् त्यसमा मेरो गम्भीर आपत्ति छ ।
त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु ।
यो विषयमा म नबोलुँ भनेको र बोल्न आवश्यक पनि ठान्थिनँ तर यसरी मेरो मुभि आउनुभन्दा २–४ दिन अगाडि (पहिला पनि र अहिले पनि) मलाई टार्गेट गरिन्छ भने म पनि बाध्य भएर बोलेँ ।
भिडिओमा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेशनल हुन् । यो बाहेक मेरा र ति बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला ‘त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु । मुभि आउनु अगाडि शत्रुहरू त लाग्छन् नै ।’