Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गुल्मीका वडा अध्यक्ष मोहन घिमिरेको रहस्मय मृत्यु, लाश जंगलमा भेटियो

15

बुटवल, श्रावण २ गते । गुल्मीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदी अमराइका वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका हुन् । मुसिकोट नगरपालिकाका कांग्रेसका नगर सभापतिसमेत रहेका घिमिरे आज बिहानै मृत अवस्थामा भेटिएका थिए । आत्महत्या बताइए पनि घटना रहस्मयी देखिन्छ ।

आज उनले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मा अलविदा भन्दै स्टाटस हालेर प्राण त्याग गरेको बताइएको छ । घिमिरेले स्टाटसमा ‘‘परिस्थितिको चपेटामा परे पछि बाँच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई, सुभ चिन्तक सबै संग माफी चाहान्छु । अल बिदा ।’’ लेखेका छन् ।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए । लासको भोलि बिहान गुल्मी तम्घासको जिल्ला अस्पतालमा पोस्ट्मार्टम हुने भनिएको छ । घर तथा छरछिमेकको भनाइ अनुसार हत्या नभइ ब्यक्तिगत प्रतिकूल परिस्थितिको कारण आत्महत्या भएको हुनुपर्छ । सत्यतथ्य भोलि हुने पोस्टमार्टमको रिपोर्टबाट खुल्ने बताइएको छ । कुनै पनि ब्यक्तिले मानसिक सन्तुलन नगुमी आत्महत्या गर्न सक्दैन । मृतक घिमिरे पनि कुनै न कुनै मानसिक समस्याबाट ग्रसित भएको हुनुसक्ने घटनाका जानकारहरु बताउँछन् ।

फेसबुकमा आफैले स्टाटस नराखेको, घटनालाई अन्जाम दिएर अरु कसैले राखेको पनि हुन सक्ने बताए एक व्यक्तिले । मृतक घिमिरेले पोस्ट गरेको उक्त स्टाटसको टाइमलाइन अनुसार त्यो स्टाटस आज बिहान करिब ५ः२० को समयमा पोस्ट गरेको देखिन्छ । यसको अर्थ हो उनले त्यस पछि मात्रै आत्महत्या गरे । यदि पोस्टमार्टम रिपोर्टमा त्यो समयभन्दा धेरै पहिला नै मृत्यु भएको देखाउँछ भने यो आत्महत्या नभइ हत्या नै हुनुपर्छ एक सज्जनले तर्क दिए ।

त्यसैगरी सामाजिक सञ्जालमा घिमिरेले पोस्ट गरेको सुसाइड नोटमा प्रयोग भएको भाषा र शब्दहरु पनि सत्यतथ्यसम्म पुग्ने आधार बन्न सक्छ अर्का व्यक्तिले तर्क दिए । उनले थप्दै भने– ‘‘जस्तै सुसाइड नोटमा ‘साथ निभाउन सकेन ।’ लेखेका छन् । मानिसले जुन शब्दलाई जसरी उच्चारण गर्छ त्यसरी नै त्यसलाई लेख्छ । घिमिरेको उच्चारण र लेखाइमा ‘सकेन’ भन्ने शब्द ‘सकिन’ पनि हुनसक्छ । सकिन नै हो भने घिमिरेको फेसबुक अकाउन्टमा अर्कै व्यक्तिको पहुँच छ र उसैले लेखेको हुनुपर्छ सुसाइड नोट । त्यसैगरी सुभ चिन्तक शब्दलाई घिमिरेले सुसाइड नोटमा जस्तै स्पेस दिएर लेख्छन् कि सुभचिन्तक (स्पेस नदिइ) लेख्छन्, अनुसन्धानमा त्यो पनि हेर्नु पर्दछ ।’’

लागेको ऋण तिर्न सकिन्छ, आरोप आइ लागेमा खण्डन गर्न सकिन्छ । पद प्रतिष्ठा गुमाएँ भन्ने चिन्ता थिएन, मानसिक सन्तुलन गुमेको पनि थिएन भनेपछि आत्महत्याको अरु कारण के हुन सक्छ ? घटनाको अघिल्लो दिन मात्रै उनले गुल्मीमा पत्रकारिता क्षेत्रको उज्वल नक्षत्र प्रिय भाइ सन्तोष महतारालाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु लेखेर स्टाटस हालेको मान्छे २४ घण्टामै मानसिक रोगी बन्ने कुरा पनि हुँदैन । रहस्य खुल्छ कि खुल्दैन, घटनाले कस्तो मोड लिन्छ हेर्न बाँकी नै छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर