Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गुल्मीबाट बुटवल आउँदै गरेको गाडी पाल्पामा दुर्घटना, घाइतेलाई लुम्बिनी मेडिकल कलेजबाट रेफर गरिदै

17

असोज ६, बुटवल । गुल्मीबाट बुटवल आउँदै गरेको गाडी पाल्पामा दुर्घटना भएको छ । सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । गुल्मीको मालिका गाउँपालिका छापाहिलेदेखि बुटवलतर्फ जाँदै गरेको लु१ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताए।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ का ४५ वर्षीय रेशम गिरी, गुल्मीको रुरु गाउँपालिकास्थित थोर्गाका ४५ वर्षीया तोपकला ज्ञवाली, गुल्मीको इश्मा गाउँपालिका-४ का ३९ वर्षीय दानबहादुर खत्रीलगायत अन्य ९ जनाको प्रभास मेडिकल कलेजमा उपचार भएको थियो जस मध्ये धेरै जना डिस्चार्ज भइ सकेका छन् भने दान बहादुरलाई रेफर गर्न लागिएको  र तोपकला पनि डिस्चार्जको प्रक्रियामा रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार सबै घाइतेहरु खतरामुक्त छन् । जीपमा १४ जना सवार थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर