Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गुल्मी–भुर्तुङ्ग सम्पर्क समाज (भारत)को तीज मिलन कार्यक्रम सम्पन्न

18

लोकनाथ शर्मा लुइटेल, भदौ १८ । भारतको राजधानी दिल्लीमा गुल्मी–भुर्तुङ्ग सम्पर्क समाज (भारत) ले आजीवन सदस्यता वितरण गरेको छ । हरितालिका तीज मिलन–२०८० कार्यक्रमका बीच समाजले आफ्ना सदस्यहरुलाई सदस्यता प्रमाण–पत्र वितरण गरेको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष देबेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक अभियन्ता एवं पण्डित बेणीमाधव पौडेल र समाजका अध्यक्ष तथा पूर्व प्रम गिरिजा प्रसाद कोइरालाका पिए श्री गोकर्ण पौडेलको उपस्थिति थियो । अतिथिको रुपमा बुद्ध ऐडभेन्चर टुर एण्ड ट्राभल्सका संचालक श्री धनश्याम पाठक, योल्मो पाँच पोखरी तामाङ्ग संस्थाका मिडिया कोर्डिनेटर तथा पत्रकार श्री गोपाल भारद्वाज लगायत डिजाइनर पुष्पा भारद्वाज थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक टिका बहादुर कार्कीको बिशेष उपस्थिति थियो भने संस्थाका महासचिव मुकुन्द पौडेलले कार्यक्रम संचालन सञ्चालन गरेका थिए । प्रथम आजीवन सदस्य लिला भारतीको स्वागत मन्तव्यसँगै कायक्रम प्रारम्भ थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोपीराम पौडेलले बार्षिक आर्थिक प्रतिबेदन पेस गरेका थिए ।

त्यसैगरी उपाध्यक्ष द्वय डोलराज गौतम तथा कृष्ण प्रसाद पौडेल, सचिव टिका भारती र सल्लाहकार शितल हमाल लगायतले आ–आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि गोकर्ण पौडेललाई मायाको चिनोसँगै दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने संस्थापक कोषाध्यक्ष दिपक पौडेललाइ तथा सल्लाहकार टिकाराम सुबेदीलाई उपहार दिएर सम्मान गरिएको थियो ।

गैर आवासीय नेपालीहरुको बाक्लो उपस्थितिमा तीजको दर खाँदै नाचगान गरि शुभकामना साटासाटसँगै भरपुर मनोरन्जन गरिएको स्रोतले जानकारी थिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर