Sat2024 July 27
२०८१ साउन १२, शनिबार

गोरखामा ट्रयाक्टर दुर्घटना : एकको मृत्यु, तीन जना घाइते

15

गोरखा । गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्लाको सहिद लखन गाउँपालिका-३ स्थित सिलिङदोभान सडकखण्डमा भएको दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापा मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा सोही पालिका-३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका-३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका-१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर