Sat2024 July 27
२०८१ साउन १२, शनिबार

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’को टिजर सार्वजनिक

16

घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्म ‘चित्रा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु-छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ । एक्सनलाई पनि प्राथमिकता दिइएको टिजरले फिल्म बदलाको कथामा आधारित रहेको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ ।

सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य रहेको फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ । फिल्म यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेको फिल्ममा राजनराज सिवाकोटीको शब्द तथा संगीत, अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद लेखन, सम्राट बस्नेत र टिमको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ । फिल्मलाई देशभर केदार पराजुलीको कम्पनी श्रीकृष्ण फिल्मस्ले वितरण गर्दैछ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर