Sat2024 July 27
२०८१ साउन १२, शनिबार

घरेलु हिंसा पीडित महिलालाई न्यायीक प्रकृयामा जान इन्सेकको सहयोग

18

कास्की । घरेलु हिंसा पीडित महिलाललाई न्यायीक प्रकृयामा जान इन्सेकले ०८० मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका– २७ की लक्ष्मी वि.कलाई पति बाबुराम वि.कले दोस्रो विवाह गरेर निरन्तर रुपमा शारिरिक तथा मानसिक यातना दिएपछि उहाँ आफ्ना तीन सन्तान दिएर २०६३ सालदेखि अलग्गै बस्दैआउनु छ । अलग्गै बस्दै आएपनि उहाँलाई निरन्तर शारिरिक तथा मानसिक यातना दिदै आएको पीडितले बताउनुभयो ।

उहाँको आर्थिक अवस्था निकै कमजोर रहेकाले उहाँले छोराछोरीलाई विभिन्न संघ सस्थाको सहयोगमा पढाउदै आउनु भएको छ । विभिन्न संस्थाको सहयोगमा सुकुम्बासी टोलमा साने टहरा बनाएर बस्दै आएकोमा उहाँको पतिले उक्त टहरा पनि आफूले पाउनुपर्ने भन्दै उहाँ र उहाँका सन्तान विरुद्ध अदालतमा मुद्दा दर्ता गरेपछि आफू अन्यायमा परेको भन्दै र आफ्नाे आर्थिक अवस्था कमजाेर रहेकाले  न्यायीक प्रकृयामा जान आर्थिक सहयोग पाउ भन्दै ०८० मङ्सिर १ गते इन्सेक गण्डकी प्रदेश कार्यालयमा निवेदन दिनु भएको थियो ।

सोही निवेदनका आधारमा इन्सेकको मानव अधिकार उल्लङ्घनका पीडितलाई सहायता कार्यक्रम अन्तरगत गण्डकी प्रदेश संयोजक शिव खकुरेलले पाँच हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो ।

उक्त रकमले आफूलाई कानुनी प्रकृयामा जान केही राहत हुने पीडित विकले बताउनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर