Sat2024 July 27
२०८१ साउन १२, शनिबार

घरेलु हिंसा विरुद्ध प्रहरीमा उजुरी दर्ता

14

खाँडाचक्र नगरपालिका–१ की ३५ वर्षीया कौसिला बादीले आफूलाई ३६ वर्षीय पति चिन बादीले कुटपिट गरी घर निकाला गरेको आरोपमा मङ्सिर २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितले कात्तिक ३० गते चुक्कु प्रहार गरी घाइते बनाई घर छोड्न भन्दै मार्ने धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपितविरुद्ध उजुरी दिनुभएको हो ।

आरोपितको चक्कु प्रहार तथा कुटपिटबाट घाइते भएकी पीडित कौसिलाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

आरोपितविरुद्ध उजुरीपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अर्जुन केसिले बताउनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर