Sat2024 July 27
२०८१ साउन १२, शनिबार

घर फर्कन सकेका छैनन् लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार

16

जुगल गाउँपालिका-२ स्थित लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार हालसम्म घर फर्कन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट आएको पहिरोले ३५ घर पुरेको थियो । पहिरोमा परी २० महिला सहित ३९ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

पहिरोपछि लिदिका १ सय ८० घर जोखिममा परेको थियो । जोखिममा परेका सबै घरका परिवारहरू जुलग गाउँपालिका-१ स्थित सेलाङको बासखर्कमा विस्थापित भएर बस्दै आएका थिए । बासखर्कमा पनि पालमुनि सधैँभरी बस्न नसकेपछि १ सय ७ घर परिवार भने जोखिमयुक्त बस्ती लिदिमै फर्केका थिए । सेलाङको बासखर्कमा पाल टाँगेर बस्दै आएका ७३ घर परिवारहरू मध्य सात घर परिवार ०७७ असोज महिनामा काठमाडौँ गएकोमा उनीहरू हालसम्म घर फर्केका छैनन् ।

घर, जग्गा, बस्तुभाउ मात्र होइन परिवारका आफन्त समेत पहिरोमा परेर मृत्य भएपछि दिदिका सात घर परिवार गाउँ फर्कन नसकेको स्थानीय डोल्मा दोङले बताउनु भयो । पहिरोपछि सेलाङको बासखकमा विस्थापित भएकाहरू मध्य १ सय २० घर परिवार ०७९ असोजमा पुनः गाउँ फर्केका हुन् । गाउँ फर्केका १ सय २५ जना बालबालिकाहरू मध्ये अहिले ८० जना बालबालिकाहरू लिदिस्थित श्री सातकन्या आधारभूत विद्यालयमा पढ्दै छन् भने बाँकी ४५ जना बालबालिकाहरू विद्यलयको पढाइ छाडेर चौरी गोठ र भेडीगोठमा काम गर्ने गरेको स्थानीय शिक्षक सुनलाल दोङले बताउनु भयो ।

लिदिको पहिरोबाट विस्थापित भएकाहरू सबैलाई गाउँमा पुनस्थापित गराउन पहल भइरहेको जुगल गाउँपालिका-२ का वडा अध्यक्ष चन्द्रकाजी लामाले इन्सेकलाई जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर