Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चट्याङबाट बच्न पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

14

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चट्याङबाट हुने क्षतिको उचित व्यवस्थापन र चट्याङबाट सुरक्षित रहन देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्था र उपकरणलाई चट्याङ प्रतिरोधी बनाउन उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चट्याङबाट हुने चोटपटकको व्यवस्थापन र लक्षण विद्युतीय प्रकोपबाट हुने क्षतिभन्दा फरक भएकाले चट्याङसँग सम्बन्धित चोटपटकको उचित व्यवस्थापन गर्न आग्रह गर्दछौं ।

मन्त्रालयसँगको तथ्यांकअनुसार २०२२ जुन ५ देखि अक्टोबर १६ सम्म चट्याङका १८७ घटनामा ६० जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।

“यस वर्ष चट्याङका घटना बढेका छन् । स्वास्थ्य संस्थालाई चट्याङबाट जोगाउन र चट्याङका कारण घाइते भएकाहरुका लागि उचित व्यवस्थापनको पूर्वतयारी आवश्यक छ ।’ विज्ञप्तिमा भनिएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर