Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चन्द्रमाको सतहमा चन्द्रयान-३ पुग्यो पहिलो रिपोर्ट पठायो , वैज्ञानिकहरु चकित

18

राजु विके, भदौ ११ ।
चन्द्रमामा भारतको इसरोले पठाएको चन्द्रयान ३ को पेटबाट निस्किएर विक्रम लैंडर र प्रज्ञान रोवर समयचक्रसँगै दौड लगाउँदै छ । केवल १० दिन बाँकी छ जब चन्द्रमामा अन्धकार हुने छ । चन्द्रयान ३ को लैंडर र रोवरले सूर्यको एनर्जी पाउने छैनन् र उनीहरुले काम गर्न बन्द गरिदिने छन् । चन्द्रमामा प्रकाशको अभावमा दृश्यता थोरै भएकाले प्रज्ञानले केवल १२ मिटरसम्मको दूरीलाई कवर गरिरहेको छ जबकि उसको टार्गेट ३० मिटरको हो ।

तर यसको अर्थ यो होइन कि चन्द्रमाको साउथ पोलको राज राज नै रहनेछन् । चन्द्रमादेखि चन्द्रयानले पहिलो रिपोर्ट पठाइसकेको छ । यस रिपोर्टमा चौंकाउनेवाला जानकारी रहेको छ । रिपोर्टले बताउँछ कि इसरोले जुन सोचका साथ चन्द्रयान ३ लाई चन्द्रमामा पठाएको थियो त्यसमा त्यो पूर्ण सफल साबित भएको छ ।

रिपोर्टमा चन्द्रमाको राज बाहिर आएको छ । चन्द्रमाको सबैभन्दा रहस्यमयी क्षेत्रको त्यो स्थान जसको बारेमा दुनियाँलाई आजसम्म थाहा छैन त्यहाँ भारतको चन्द्रयान ३ ले आफ्नो संकल्पको सूर्य उदाउन हालीसकेको छ । विक्रम लैंडर चन्द्रमाको साउथ पोलमा अवतरण गरेको ७२ घण्टा भइसकेको छ ।

संसार अहिले ती जानकारीहरु थाहा पाउन उत्सुक छ जुन चन्द्रमाको साउथ पोलसँग सम्बन्धित छ । के चन्द्रमामा पनि पृथ्वीमा झै भूकम्प आउँछ, चन्द्रमाको सतहमा तापमान कति बदलिन्छ ? के चन्द्रमाको साउथ पोलमा मिनरल छ ? के चन्द्रमाको South Pole  मा बर्फ छ ? यी सवालहरुको जवाफ पाउनु दुनियाँका लागि अत्यन्त जरुरी छ ।

इसरो (ISRO) का चीफ एस सोमनाथले बताए अनुसार सबै कुराले ठिकठाक काम गरिरहेको छ । चन्द्रयान ३…. रोवर सबै पूर्ण स्वस्थ छन् । पाँचैवटा उपकरणहरु सुरु गरिसकिएको छ । तिनीहरुले बडो राम्रा डेटा पठाइरहेका छन् । आगामी १० दिनमा सितम्बर ३ सम्म बाँकीका एक्सपेरिमेन्ट गरिने छ । सबै उपकरणहरुले पूर्ण क्षमताका साथ काम गर्न थाल्ने छन् । रोवरलाई फरक फरक स्थानमा पठाइने छ र खनिजको पहिचान पनि हुने छ । चन्द्रयान३ विभिन्न स्थानमा घुमेर थप एक्सपेरिमेन्ट गर्ने छ अनि डेटा पठाउने छ । त्यहाँका स्पष्ट तस्वीर पनि खिच्ने छ । भारतसँग चन्द्रमाको आजसम्मकै सबैभन्दा राम्रो तस्वीर हुने छ जुन दुनियाँमा कसैसँग छैन । अहिले सबै डेटा इसरोको कम्प्युटर डेटा सेन्टरमा छ ।

लैंडर विक्रम साउथ पोलमा लैंड गरेको तीन दिन बितीसकेको छ । मिशन चन्द्रयान ३ ले पठाएको पहिलो रिपोर्ट आइसकेको छ । विक्रम लैंडरले चन्द्रमाको सतहको तापमान नापी सक्यो । विक्रम लैंडरमा चेस्ट ( CHEST- Chandra Surface Thermophysical Experiment ) चन्द्रा सरफेस थर्माेफिजिकल एक्सपेरिमेन्ट) पेलोड जडान गरिएको छ । यो एक प्रकारको उपकरण हो जो सतहको ८ देखि १० सेमी. गहिराइसम्म जान सक्छ । यस पेलोडमा भिन्न भिन्न १० वटा टेम्प्रेचर सैंसर लगाइएका छन् । चन्द्रमाको सतहभन्दा एक सेमी माथिको तापमान करिब ५८ डिग्री छ भने सतहभन्दा ८ सेमी तलको तापमान माइनस १० डिग्री सम्म छ । केवल ९ सेमीको अन्तरालमा येति धेरै बदलाव हुनु आफैमा आश्चर्यको कुरा हो ।

विक्रम लैंडरमा ३ वटा पेलोड जडान गरिएको छ जस मध्ये रम्भा पेलोडले सतहको माटोमा प्लाजमाको घनत्व र बदलावको खोजी गर्ने छ । सूर्यका किरणका कारण जलेको माटोमा प्लाजमाको अध्ययन जरुरी छ । चेस्ट पेलोडले चन्द्रमाको सतहमा रहेको तापमान नापीरहेको छ ।

ILSA पेलोडले भूकम्पको गतिविधि मापन गर्छ अनि फोटोग्राफ पनि लिन्छ । वैज्ञानिक नीलेश एम देसाई भन्छन्–आजदेखि दस दिन भित्र जति हुन सक्छ त्यति धेरै काम गर्नु छ ।
लैंडरले स्थिर रहेर आफ्नो ठाउँबाट जानकारी संकलन गरिरहेको छ भने रोवर दक्षिणी ध्रुवको उबड खाबड जमिनमा घुमी घुमी जानकारी जम्मा गर्दै छ । रोवरले जे जे जानकारी संकलन गर्छ त्यो विक्रम लैंडरलाई पठाउँछ अनि लैंडरबाट इसरोले पाउँछन् ।
एलआइबीएस पेलोडले मेग्नेशियम, एल्मूनियम, सिलिकन, पोटेशियम, टाइटेनियम र आइरनको खोजी गर्ने छ ।

विक्रम लैंडर र प्रज्ञान रोवर (Pragyan Rover) सोलार एनर्जीमा काम गरिरहेको छ । चन्द्रमाको यस हिस्सामा केवल चौदह दिनसम्म मात्रै सूर्यको प्रकाश रहन्छ । त्यस पछि बिना एनर्जी यो रोवर र लैंडरले काम गर्न छोडने छ ।
चन्द्रमाको सतहको तापमान त नापियो तर अब अझ महत्वपूर्ण कुरा बाँकी नै छ त्यो हो मिनरल र पानीको खोजी । योभन्दा अझै रहस्यमयी हो South Pole को त्यो डार्क साइड जुन अर्बाैं सालदेखि अन्धकारमा डुबेको छ ।

नासाका अनुसार चन्द्रमाको साउथ पोलमा सूर्य क्षितीज मुनि वा थोरै माथि रहन्छ । यस्तो बेलामा १४ दिन यानी एक लुनर डे चन्द्रमाको तापमान अत्याधिक बढ्छ । तर साउथ पोलमा यस्तो पनि इलाका छ जहाँ सूर्यको किरण पुग्दैन । नासा अनुसार यहाँ अत्यन्त अग्ला पहाड छन् । गहिरा खाल्डाहरु छन् । त्यसैले यस इलाकासम्म पुग्न कसैका लागि पनि असम्भव भइदिन्छ । यहाँको तापमान पनि माइनस २०० डिग्रीभन्दा तल छ । नासाका अनुसार चन्द्रमाको South Pole मा २५००० मिटर चौडा र ८ किलोमिटर गहिरो खाल्डो छ । यो खाल्डो उल्का पिण्ड या कुनै ग्रहको ठक्करले बनेको हुन सक्छ ।

चन्द्रमाको साउथ पोलमा बर्फको केही प्रमाण हाथ लागेको छ त्यसैले दुनियाँ ध्यान त्यसैमा केन्द्रित छ । रुस र चिनको एजेन्सिहरु यहाँ पुग्न जोड लगाइरहेका छन् तर साउथ पोलमा विद्यमान कठिनाइका कारण उनीहरुको प्रत्येक मिशन फेल भएको छ ।
यस्तो बेलामा भारतको चन्द्रयान ३ साउथ पोलमा पुग्नु आफैमा अनमोल कुरा हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर