Sat2024 July 27
२०८१ साउन १२, शनिबार

चिन्ता होइन चिन्तन गरौं

19

जीवन खातामा धेरै छैन आयु मौज्दात
घमण्ड छोड काम लाग्दैन धनको खात
उड्छ प्राण चरी छुट्छ यौवनको मात
पछुताउनु पर्ला नभूल आफ्नो अवकात

एकदिन कर्मको फल बोल्छ कुर्लेर
सोच्या होला खुबै पाप गर्छु लुकेर
हिसाब दिनुपर्छ नै मूल घर पुगेर
पार पाउन कर्म गर है धर्म बुझेर
सुकर्मले अन्त्य गर कुकर्मको कालो रात
उड्छ प्राण चरी छुट्छ यौवनको मात
पछुताउनु पर्ला नभूल आफ्नो अवकात

बल बुद्धि तन यौवन जान्छ गलेर
मानव शरीररुपी घर बिलिन्छ ढलेर
सम्मान घट्छ आफ्नै अरुलाई छलेर
मक्खै हुनुपर्दैन दुःखलाई सुख भनेर
नभुल खाली थियो खाली नै हुन्छ हात
उड्छ प्राण चरी छुट्छ यौवनको मात
पछुताउनु पर्ला नभूल आफ्नो अवकात

शब्दः राजु विके

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर